काठमाडौं । कोरोना भाइरस नियन्त्रण र रोकथाममा प्रभावकारी काम गर्न नसके पनि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आफन्तलाई राम्रै र आकर्षक ठाउँमा सरकारी नियुक्ति भने धमाधम दिलाइरहेका छन् । पछिल्लो समय उनले ढकालका ज्वाइँ र भतिजाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्ति पाएका छन् ।
उपकुलपति डा.ज्ञानेन्द्र गिरीले स्वास्थ्यमन्त्री ढकालको दबाबमा उनका ज्वाइँ मोरङका सुमन पन्तलाई कानुनी सल्लाहकार र भतिजा अमृत ढकाललाई जनसम्पर्क अधिकृतको नियुक्ति गरेको बताइएको छ । दुवैको नियुक्ति कात्तिक ११ गतेदेखि नै लागू भइसकेको छ ।
पन्त र ढकाल अधिकृतभन्दा माथि फ्याकल्टी डाक्टरसरहको सुविधा पाउनेगरी नियुक्त भएको बुझिएको छ । प्रतिष्ठानमा कानुनी सल्लाहकार यसअघि नै दुईजना छन् ।




