कोशी प्रदेश

प्रधानमन्त्री ओली पुगे घुन्सा

ताप्लेजुङ । प्रधानमन्त्री केपी ओली ताप्लेजुङको घुन्सा पुगेका छन् । काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरबाट फक्ताङलुङ गाउँपालिका–६ लेलेपस्थित घुन्सा पुगेका हुन् ।

ओलीसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रदेश १ का मुख्यमन्त्री शेरधन राई साथमा छन् ।

ओलीले घुन्सा फाउन्डेसनले स्थापना गरेको सामुदायिक स्वास्थ्य एकाइको उद्घाटन गर्ने कार्यक्रम छ । त्यस अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यले घुन्साका बासिन्दालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले स्थानीयलाई सम्बोधनसमेत गर्नेछन् । ओली आएपछि नेकपाका जिल्लास्तरीय नेता कार्यकर्ता एवं प्रदेश सांसदहरु घुन्सा पुगेका छन् । घुन्सापछि प्रधानमन्त्री ओली नेपाल–चीन सीमा क्षेत्र ओलाङचुङगोला र इलामको जौवारी जानेछन् । प्रधानमन्त्री ओली आजै काठमाडौं फर्कनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *