काठमाडौं । प्रधानमन्त्री केपी ओली आज ताप्लेजुङ र इलाम भ्रमणमा जाने भएका छन् । ताप्लेजुङमा एउटा स्वास्थ्य चौकीको उद्घाटन गर्न प्रधानमन्त्री ओली हेलिकोप्टरमार्फत घुन्सा जान लागेका हुन् । यसअघि सो कार्यक्रम स्थगित भएको थियो ।
प्रधानमन्त्री ओली आजै इलाम पुग्नेछन् । प्रधानमन्त्रीले इलामको सन्दकपुरमा सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टको निरीक्षण गर्ने कार्यक्रम छ ।
दोस्रो पटक मिर्र्गौला प्रत्यारोपण गराएपछि प्रधानमन्त्री ओली प्रदेश १ को भ्रमणमा निस्कन लागेको यो दोस्रोपटक हो । केही दिनअघि मात्रै उनले संखुवासभाको भ्रमण गरेका थिए । कोरोना रोकथाम गर्न निषेधाज्ञाका बेला पनि प्रधानमन्त्रीले आमसभालाई सम्बोधन गरेपछि उनको आलोचना भएको थियो ।




