संखुवासभा। चैनपुर नगरपालिका स्थित संखुवासभा बहुमुखी क्याम्पसले क्याम्पसको चौतर्फी विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले एक अल्मुनाइ एसोसिएशन तदर्थ समिति चयन गरेको छ ।
क्याम्पसले आफ्नो स्थापनाकालदेखि हाल सम्मका सो क्याम्पसमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुलाई समेट्ने गरी क्याम्पस सञ्चालक समितिद्धारा एक अल्मुनाइ एशोसिएशन तदर्थ समिति चयन गरेको हो । पूर्व विद्यार्थी भलाभिषण शाक्यको संयोजकत्वमा २१ सदस्यीय तर्दथ समिति चयन गरेको छ । पूर्व विद्यार्थी शैलेन्द्र शाक्य सह–संयोजक, सविन डाँगी सचिव, सुदिप कँडेल सह–सचिव, कञ्चन श्रेष्ठ कोषाध्यक्ष छन । समितिको सदस्यहरुमा गोकुल खत्री, अञ्जना श्रेष्ठ, चन्द्र कम्फे लिम्बू, निमु शेर्पा, प्रमोद शाक्य, रन्जु अधिकारी, सूर्यकिरण भण्डारी, शिखर शर्मा, प्रतिक शर्मा, धिरज शाक्य, कृष्ण न्यौपाने, रामेश्वर योञ्जन, तारा दर्जी, काशी कार्की, गीता कटुवाल, कमला पौडेल चयन भएको क्याम्पस प्रमुख चुडाबहादुर कटुवालले जानकारी दिए ।
तदर्थ समितिले वि.स.२०३७ सालमा स्थापित संखुवासभा बहुमुखी क्याम्पसमा स्थापनाकाल देखि अध्ययन गर्ने पूर्व विद्र्याीहरुसँग सम्पर्क गर्ने, समन्वय गर्ने, सदस्यता वितरण गर्ने जिम्मेवारी रहेको छ । यसैगरी तर्दथ समितिले अल्मुनाइ एशोसियशन विनियम तयार गर्ने र उपयुक्त समयमा एशोसियशनको अबिवेशन गर्ने क्याम्पस प्रमुख कटुवालले बताए ।
एशोसियशनबाट क्याम्पसको शैक्षिक, आर्थिक, सामाजिक, भौतिक पूर्वाधार लगायतका चौतर्फी क्षेत्रमा राय सुझाव, सल्लाह प्राप्त हुने अपेक्षा राखिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष उमेश कुमार डाँगीले बताए ।
स्थापनाकालमा प्रमाण पत्र तहमा व्यवस्थापन, कानून संकायमा पढाई हुँदै पछिल्लो समय उच्चमाध्यमिक शिक्षातर्फको कक्षा ११ र १२ विभिन्न विषयमा पढाइ हुने गरेको थियो । त्रिविबाट सम्बन्धन प्राप्त सो क्याम्पसमा हाल स्नातक तहमा शिक्षा, मानविकी र व्यवस्थपन संंकायमा अध्ययन अध्यापन भइरहेको छ । यसैगरी स्नातकोत्तर तहमा शिक्षा संकाय नेपाली र इपिएम विषयमा सेमेस्टर प्रर्णालीको पढाइ भइरहेको छ ।




