उदयपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य,संघीय सभासद् एवं पूर्व सहरी बिकास मन्त्री डा.नारायण खडकाले राज्यबाट पाएको तलब भत्ता जनताको सेवामा खर्चिदै आएका छन ।
डा. खडकाले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुदा होस या सांसद तथा मन्त्रीको हैसियतमा रहदा राज्यबाट पाएको तलव भत्ता जनताको सेवामा समर्पित गर्दै आएका छन । उनले कहिले द्वन्द्व पीडित त कहिले भुकुम्प पीडित या मुटु रोगीको उपचार बापत सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई आफूले पाउने तलबको आधा रकम प्रदान गर्दै आएका छन ।
कोरोना महामारीको यस राष्ट्रिय बिपदको घडिमा देशले चरम आर्थिक संकट सामाना गरेको अबस्थामा दशै भत्ता राजनीतिक रुपमा मात्र नभइ नैतिक रुपमा पनि लिन नमिल्ने भन्दै पार्टी सभापति शेरबहादुर देउवाले दशै भत्ता फिर्ता गर्न सांसदलाई निर्देशन दिनु अघिनै डा .खड्काले संसद सचिबालयलाई भत्ता नलिने जानकारी गराउदै पत्रचार गरेका थिए ।
राजनीतिक तथा नैतिक ईमान्दारिताका पर्याय डा.खड्का उदयपुरका लोकप्रियताका शिखर ब्यक्तित्व हुन । पहिलो संबिधान सभाको निर्वाचनदेखि लगातार निर्बाचित हुँदै आएका उनी कुसल अर्थबिद्का रुपमा परिचित छन । डा. खड्का उदयपुरको भाग्य ,भविश्य , भरोसा र आशा तथा आस्थाका केन्द्र बिन्दू बनेका छन ।





