कोशी प्रदेश

चौदण्डीगढीमा सुबिधा सम्पन्न वार्ड कार्यालय भवन निर्माण सम्पन्न, नगर प्रमुख राईद्वारा उद्घाटन

उदयपुर । चौदण्डी गढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले शिक्षा,स्वास्थ्य, खानेपानी,बिधुतिकरण जतिकै भौतिक पूर्वाधार बिकास निमार्णमा नगरपालिकाले जोड दिएको बताएका छन ।

बिहिबार वार्ड नं ७ को वार्ड कार्यलय भवनको उद्घाटन गर्दै जनताका जल्दा बल्दा समस्याका समाधान अब आफ्नै वाडाकार्यलय भवनमा बसेर होस । अनि यहाँका नागरिकले पनि अनुभूत गर्न पाउन कि म आफ्नै कार्यलयमा बसेको छु । संम्झिउन कि यसमा मेरो पनि स्वामित्व छ । यो कार्यलय मेरो सेवाको लागि हो भनेर चौदण्डी गढी बासिले गर्व गर्न सकुन प्रमुख राईको भनाइ थियो ।

सुबिधा सम्पन्न सेमिनार हल सहित ५ कोठा रहेको कार्यलय भवन ४४ लाखको लागतमा निर्माण भएको वाडाअध्यक्ष तेजराज तिम्सिनाले बताए । सधै जनताको सेवक संझने वार्ड अध्यक्ष तिम्सिना दैनिक आफ्ना वाडा बासिका घर दैलोमा पुग्ने गरेका छन । लोकप्रियताका पर्याय बनेका उनी कृषकको उन्नतिमा बिकासको मुहार देखिने बताउछन । कृषि क्षेत्र आफ्नो पृष्ठभूमि रहेको भन्दै कृषक ,यसमा आश्रित ,यसमै श्रम गर्ने श्रमिक को मुहारमा परिवर्तन ल्याउनु बिकास हो उनको दाबी रहेको छ । आफु सधै वार्ड बासिको सर्बोपरि हितमा लागेको र निरन्तर लागि रहेने उद्घाटन समारोहमा उनले अठोट ब्यक्त गरे ।

चौदण्डी गढी नगरपालिकाको प्रमुख नगर क्षेत्र रहेको यो वार्ड आधा भू–भाग ग्रामिण क्षेत्रमा समेत पर्दछ । नगरक्षेत्रका कार्यलय रहेको यस स्थानमा सशस्त्र प्रहरी बल बेस क्याम्प , प्राथमिक स्वास्थ्य केन्द्र , कृषि तथा पशु कार्यलय , दूरसंचार संस्थान , निर्माणाधिन नगर कार्यपालिका कार्यलय भवन , रामप्रसाद राई रंगशाला , कबर्ड हल रहेको छ । अझ त्यहि क्षेत्रमा रहेको धार्मिक सहिष्णुता बोकेका बौद्ध गुम्बा , साकेला थान , दुर्गा मन्दिर , भिमसेन स्थान , मगर देवालय , दलित भवनले थप सुन्दरता र सामुदायिकता उजागर गरेको छ ।

१५ हजारको हाराहारिमा जनसंख्या रहेको यो वार्ड सहर र ग्रामिण क्षेत्रको संगम मानिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *