कोशी प्रदेश

शैक्षिक आकर्षणकाे केन्द्रबिन्दु बन्दै नारद आदर्श

उदयपुर । उदयपुर जिल्लाको पुर्बि क्षेत्र चौदण्डीगढी – ४ बर्षे डाडा शैक्षिक बिकासको केन्द्रबिन्दु बनेको छ । स्थानीय युबाहरुको लगनशीलता र राजनीतिक नेतृत्वको सकारात्मक दृष्टिको कारण शिक्षा बिकासको केन्द्रबिन्दु बनेको हो ।

 २ बर्ष अगाडि भारतीय राजदुताबासमार्फत भारतीय सरकारको करिब ४ करोडको लागतमा नारद आदर्श शिक्षा क्यापसको सुन्दरता र आकर्षण तथा वातावरणीय अनुकुलतामा बनेसंगै बिद्यार्थीमा शिक्षा संकायमा अध्ययन गर्नेे संख्यामा बृद्दि भएको क्याम्पस प्रमुख ध्रुबराज राइले बताए । भवन निर्माणमा अग्रणि र महत्वपूर्ण भूमिका संघीय सा‌ंसद तथा पूर्वसहरी बिकास मन्त्री डा. नारायण खड्काले निर्बाह गर्नु भएको प्रमुख राइले बताए ।
अझ क्याम्पसको अगाडी निर्माण भएको गेटले थप आकर्षण र सुन्दरता प्रदान गरेको छ । चौकिदारसमेतको दुइतले गेट निर्माणमा प्रदेस सभासद् अम्बिका थापाको उदयपुर क्षेत्र नं १  “क” को करिब ७ लाख र जनश्रमदान ८३ हजारको लागतमा निर्माणकार्य सम्पन्न भएको हो ।
 दिनेस राई अध्यक्ष र मौसम राई सचिब रहेको उपभोक्ता समितिले  निर्माण कार्य दुई महिना भित्र सम्पन्न गरेको यो गेट जिल्लाकै उत्कृष्टताको नमुना मानिन्छ ।
बालकक्षादेखि शिक्षा शास्त्र संकायमा  स्नातक तहसम्म र कक्षा ९ देखि डिप्लोमा तहसम्म सिभिल ईन्जिनियरिङ सम्म एउटै कम्पाउण्ड भित्र करिब १५ सय बिद्यार्थी अध्ययन गर्दै आएको प्रधानाध्यापक कुमार खड्काले बताए।
  १ नं प्रदेसकै नमुना शैक्षिक स्थलको रुपमा बिकासकाे रुपममा परिचित गराउनका लागि पार्किङ ,उद्यान , क्यान्टिङ , होस्टल , सडक ,स्विमिङ , शुद्द पिउने पानी , घेराबेराका बिस्तृत बिकास परियोजना निर्माण गरिएको क्यापस प्रमुख राईले बताए ।
 शैक्षिक बिकासको केन्द्रको रुपमा नगर प्रमुख खगेन्द्र राई , संघीय सांसद डा. नारायण खडका , प्रदेस सभासद् बिमल कार्की र अम्बिका थापाको पूर्ण सहयोगका कारण थप उर्जा मिलेको ब्यबस्थापन समितिका गौतम राइले बताए ।
प्रजातान्त्रिक आन्दोलनका योद्दा तथा २००७ राणा बिरोधी आन्दोलनका कमाण्डर पूर्बमन्त्री  स्वर्गीय नारदमुनि थुलुङको नामबाट स्थापित शैक्षिक थलो अनुकरणीय र उदाहरणीय बनाउन आफुहरु लागि परेको क्याम्पस संचालक समितिका अध्यक्ष गोबिन्द श्रेष्ठले अठोट गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *