उदयपुर ।पछिल्लो पटक खुलेको उदयपुर कोभिड – १९ अस्पताल बेलटारमा कोरोना भाइरस संक्रमित ४८ जना उपचाररत रहेका मध्ये २८ जनाले संक्रमण जितेर घर फर्किएका छन ।
उपचाररत रहेकामा त्रियुगा नगरपालिका ३ जना महिलासहित १० जना , बेलका नगरपालिकाका ४ महिलासहित ८ जना, चौदण्डी गढी नगरपालिका १ महिला र खोटाङ दिप्रुङ चुईचुम्ममा गाऊपालिकाका १ पुरुषसहित २० जना उपचाररत छन । उपचारमा रहेका सबैको सामान्य लक्षण बाहेक स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य उदयपुर मोहन सुबेदीले बताए।
असार ६ गते खुलेको उदयपुरको कोभिड – १९ अस्पताल बेलटारमा एक पटकमा २८ जना सम्मको उपचारको क्षमता छ । अस्पतालको स्तरमृद्दि अत्याबश्यकीय स्वास्थ्य सामाग्रीमा प्रदेस तथा केन्द्रीय सरकार ध्यान नपुगेको चौदण्डी नगरपालिकाको गुनासो छ । संक्रमित सिकिस्त बिरामीका लागि भेन्टिलेटर , आईसियुको ब्यबस्था हुन सकेको छैन । कोरोना पोजेटिभ बिरामीका लागि अक्सिजन सामान्य अौषधि , सन्तुलित आहारा को सम्पुर्ण ब्यबस्था चौदण्डि गढी नगरपालिकाले गरेको नगरप्रमुख खगेन्द्र राइले बताए ।
संक्रमित को लागि दैनिक न्युनतम २ हजार खर्च हुने बताईएको छ । नगरपालिकाको प्रतिदिन बिरामीका लागि ३६ हजार दरले खर्च हुने गरृको नगर स्वास्थ्य शाखालेजानकारी दिएको छ । कोभिड – १९ अस्ताल बेलटारलाइ प्रदेश सरकारले ५ लाख बियोजन गरे पनि उपलब्ध नभएको अस्ताल श्रोतले बताएको छ ।
उदयपुरमा ११ महिला सहित १ सय १९ जना क्याम्प क्वारेन्टाइनमा छन । १ हजार ५ सय एकासि महिला सहित ६ हजार १ सय चार जनामा पिसिआर परिक्षण भएकोमा ३० महिला सहित १ सय ५ जनामा संक्रमण पाइएको प्रमुख सुबेदीले जानकारी दिए ।




