राजनीति

कांग्रेस महाधिवेशन असोजमा, वडा अधिवेशन भदौबाट सुरु

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशन असोज १६–१८ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका स्वीकृत गर्दै भदौ ३ गतेबाट वडा अधिवेशन सुरु गर्ने जनाएको छ। बैठकले निर्वाचन समिति गठन गर्नुका साथै संविधान संशोधनका लागि सर्वपक्षीय छलफल अघि बढाउने निर्णय गरेको छ। साथै, नयाँ सरकारलाई सहयोग गर्ने र पार्टीका भातृ संस्थालाई सक्रिय बनाउने पहल पनि गर्ने जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *