राजनीति

एआई र डिजिटल शासनबारे बोल्न नयाँ दिल्ली पुगे बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन भारत प्रस्थान गरेका छन्।

भारतको ल्भध म्भजिष् मा आयोजना हुने ‘एनएक्सटी २०२६ ग्लोबल समिट’ मा सहभागी हुन उनी त्यसतर्फ गएका हुन्। तीन दिनसम्म चल्ने उक्त सम्मेलन मार्च १२, १३ र १४ मा भारत मनडपमा आयोजना हुँदैछ।

समिटमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहित विश्वका विभिन्न देशका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ। सम्मेलनमा विश्व शासन, प्रविधि विकास, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता समसामयिक विषयमा छलफल हुने बताइएको छ।

डा. भट्टराई उक्त समिटमा ‘गेस्ट अफ अनर’ का रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। उनले मार्च १४ मा “डेमोक्रेसी इन द एज अफ एआई ः डिजिटल गभर्नेन्स एन्ड द युथ” शीर्षकको सत्रलाई सम्बोधन गर्ने उनको सचिवालयले जानकारी दिएको छ। सम्मेलनमा सम्बोधन सकेपछि भट्टराई सोही दिन स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *