राजनीति

धादिङ–१ बाट आशिका तामाङ रास्वपाको उम्मेदवार घोषित

काठमाडौं । चर्चित सामाजिक अभियन्ता आशिका तामाङले धादिङ–१ क्षेत्रबाट रास्वपा ९राष्ट्रिय स्वतन्त्र पार्टी० को तर्फबाट प्रतिनिधिसभा चुनाव लड्ने भएकी छन्।

आशिकाले पहिले काठमाडौं–२ वा काठमाडौं–९ क्षेत्रलाई प्राथमिकता दिएर स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन्। तर पछि उक्त निर्णय फिर्ता लिएर आफ्नै जन्मथलो धादिङ–१ बाट रास्वपाको टिकट लिएर चुनावी मैदानमा उत्रिन लागेकी हुन्।

रास्वपामा प्रवेश गर्दा आशिकाले जेनजी आन्दोलनका घाइतेको एजेन्डा अघि सारेकी थिइन्। उनका प्रस्ताव अनुसार तीन जना जेनजी घाइतेलाई पार्टीको बन्दसूचीमा समेटिएको छ भने केन्द्रीय समितिमा पनि उनीहरूको सहभागिता सुनिश्चित गर्ने सहमति भएको बताइएको छ।

आशिका तामाङ सामाजिक सरसफाइ, समाजिक अभियान र रास्वपाका विविध गतिविधिमा सक्रिय रहँदै आइएकी छन्। उनी जर्मनीको बसाइ छोडेर चुनाव लड्ने उद्देश्यका साथ नेपाल फर्किएकी हुन्। साथै, धादिङमा थुप्रै समाजिक कार्यमा उनी सक्रिय देखिएकी छन्।

विश्लेषकहरूका अनुसार आशिकाको उम्मेदवारीले धादिङ–१ क्षेत्रमा मतदाता तहमा नयाँ ऊर्जा र उत्साह थप्ने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *