राजनीति

विकासको नाममा विदेशी एजेन्डा हावी भएको पूर्वधानमन्त्री ओलीको कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय केही राजनीतिक दल र समूहहरू विकासको आवरणमा विदेशी एजेन्डा बोकेर अघि बढिरहेको आरोप लगाएका छन्। उनले यस्ता गतिविधि राष्ट्रवादी शक्तिलाई कमजोर पार्ने योजनाबद्ध प्रयासको हिस्सा भएको बताए।

मंगलबार पार्टी सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले एनजीओ तथा डोनर संस्थाको नाममा आउने केही व्यक्तिहरू स्वार्थ प्रेरित भएर सक्रिय रहेको उल्लेख गरे। उनका अनुसार कतिपय व्यक्ति जानाजानी विनाशकारी भूमिकामा उत्रिएका छन् भने केही ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलालीमा संलग्न छन्।

्ओलीले राष्ट्रहितभन्दा बाहिर गएर काम गर्ने, क्षमता र विश्वसनीयतामाथि प्रश्न उठेका व्यक्तिहरूलाई एकै ठाउँमा जम्मा गरिएको देखिएको दाबी गरे। विकासको नाममा यस्ता समूहले राष्ट्रिय शक्तिलाई बदनाम गर्ने प्रयास गरिरहेको उनको भनाइ थियो। यसैक्रममा उनले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’को पनि उल्लेख गर्दै त्यसबाट देशलाई पुगेको क्षतिको जिम्मेवारी आन्दोलनमा संलग्न पक्षले लिन नसकेको टिप्पणी गरे।

ओलीको भनाइले पछिल्लो राजनीतिक घटनाक्रम र विभिन्न शक्ति केन्द्रको भूमिकामाथि थप बहस चर्किने संकेत देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *