राजनीति

राप्रपाले मतदानमार्फत टुंग्यायो खस–आर्य समानुपातिक उम्मेदवार, गिरी पहिलो नम्बरमा

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत खस–आर्य समूहका उम्मेदवारहरूको प्राथमिकता सूची मतदान प्रक्रियाबाट तय गरेको छ । पार्टीको कार्यसम्पादन समितिको बैठकमा भएको आन्तरिक मतदानपछि पहिलो तीन स्थानमा रहने उम्मेदवारको निर्णय गरिएको हो ।

मतदान परिणामअनुसार कार्यसम्पादन समिति सदस्य भरत गिरी सर्वाधिक मतसहित खस–आर्यतर्फ पहिलो स्थानमा परेका छन् । त्यसैगरी दोस्रो स्थानमा पुष्पराज पुरुष चयन भएका छन् । उनी पार्टीको धर्म तथा संस्कृति विभागको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

तेस्रो स्थानमा हेमराज जोशी चयन भएका छन् । राप्रपाले समानुपातिक बन्द सूची तयार गर्दा आन्तरिक लोकतान्त्रिक अभ्यासलाई प्राथमिकता दिएको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *