राजनीति

कांग्रेस समानुपातिक उम्मेदवार सूचीमा ६०–४० को समूह भागबन्डा प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवार सूची तयार पार्दा पार्टीभित्रको समूह व्यवस्थापनका लागि ६०–४० को अनुपातमा भागबन्डा गर्ने प्रस्ताव अघि सारेको छ। प्रस्तावअनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार ६० प्रतिशत र गगन थापा तथा शेखर कोइराला समूहका उम्मेदवार ४० प्रतिशत समावेश हुनेछन्।

सूची अन्तिम रूप दिने काम अहिले जारी छ। संस्थापन पक्षको प्रस्तावमा महामन्त्री थापा लगायतले अझै स्वीकृति दिन बाँकी रहेको स्रोतले बताएको छ। कांग्रेसमा विगतदेखि नै समानुपातिक उम्मेदवार वितरणमा यस्तो भागबन्डा प्रचलनमा छ। आगामी सोमबार अन्तिम दिन भएकाले दलहरू आफ्नो उम्मेदवार सूची निर्णायक रूपमा तयार पार्न गृहकार्यमा जुटेका छन्।

सूची तयार गर्न पार्टीका शीर्ष नेताहरूले आन्तरिक छलफल गरेका छन्। यस पटक ११० जनाको सूची क्लस्टरअनुसार तयार गरि निर्वाचन आयोगमा पेश गर्नुपर्ने व्यवस्था छ। कांग्रेसले पहिले समानुपातिक प्रणालीबाट निर्वाचित भइसकेका उम्मेदवारलाई पुनः समावेश नगर्ने नीति पनि अघि सारेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *