काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आज औपचारिक रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सपथ खुवाएका हुन्।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै परराष्ट्रमन्त्री नियुक्त भएका शर्माले सपथलगत्तै मन्त्रालयको जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन्।
नेपाली सेनाका पूर्वरथी रहेका शर्मा यसअघि माओवादी लडाकु समायोजन समितिमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका व्यक्ति हुन्। सुरक्षा र शान्ति प्रक्रियामा अनुभव बोकेका शर्माको परराष्ट्र मन्त्रालय प्रवेशलाई कूटनीतिक क्षेत्रमा नयाँ सन्देशका रूपमा हेरिएको छ।
सरकारले शर्माको नेतृत्वमा परराष्ट्र नीतिलाई थप सशक्त बनाउने अपेक्षा गरेको छ।




