मुख्य समाचार

जेनजी आन्दोलन छानबिनमा आयोग सक्रिय : करिब दुई घण्टा लामो मेयर बालेनको बयान

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगमा सोमबार करिब दुई घन्टासम्म बयान दिएका छन् ।

मानव अधिकार आयोगका स्रोतका अनुसार सोधपुछमा शाहसँग भदौ २३ र २४ का दिन उनी कहाँ थिए, सामाजिक सञ्जालमा आएका अभिव्यक्ति, सिंहदरबारमा आगलागीको प्रसंग, महानगरपालिकाको सुरक्षा व्यवस्थाका कदम तथा दमकल ढिलो पुगेको विषयमा विस्तृत प्रश्न गरिएको थियो। आयोगले भने, शाहको विवरण सार्वजनिक गर्न नमिल्ने निर्णय गरेको छ।

आयोगले उक्त आन्दोलनका क्रममा मानव अधिकार हनन, दमन र प्रहरीको बल प्रयोगसम्बन्धी विषयमा छानबिन जारी राखिरहेको छ। समितिको नेतृत्व आयोग सदस्य लिली थापाले गरेकी छन्, र हालसम्म १४६ जनाको बयान सङ्कलन भइसकेको छ।

आयोगका सहसचिव एवं प्रवक्ता डा. टिकाराम पोखरेलले नेपालले भने, “आन्दोलनका क्रममा मानव अधिकार हनन, पारदर्शिता, जवाफदेहिता र दण्डहीनताको विषयलाई आधार बनाएर छानबिन भइरहेको छ। प्रक्रिया अन्तिम चरणतर्फ पुगेको छ।”

यसैबीच, शाहले दिएको बयानबाट छानबिनमा थप स्पष्टता र तथ्यगत जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *