राजनीति

देशलाई स्थिर नेतृत्व चाहिएको छ, महाधिवेशनले ओलीलाई नै अघि सार्छ : महेश बर्तौला

काठमाडौं ।नेकपा एमालेका नेता महेश बर्तौलाले वर्तमान राजनीतिक परिस्थितिमा केपी शर्मा ओलीको नेतृत्व देशका लागि अपरिहार्य भएको बताएका छन्। ११औँ महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यो महाधिवेशनले ओलीलाई पार्टी मात्र होइन, राष्ट्रिय नेतृत्वका रूपमा पनि स्थापित गर्ने विश्वास व्यक्त गरे।

बर्तौलाका अनुसार ओलीको भूमिका एमालेभित्र सीमित छैन। “एमालेका कार्यकर्ता मात्र होइन, अन्य दलका नेता–कार्यकर्तासमेत समकालीन राजनीतिका प्रभावशाली नेतामध्ये केपी ओलीको उपस्थिति देशका लागि आवश्यक छ भन्ने निष्कर्षमा पुगेका छन्,” उनले भने, “महाधिवेशन प्रतिनिधिहरूको समग्र मनोविज्ञानले पनि यही संकेत गरिरहेको छ।”

उनले पार्टीभित्र ओलीको नेतृत्वप्रति व्यापक स्वीकार्यता रहेको दाबी गर्दै महाधिवेशनबाट त्यसको औपचारिक अनुमोदन हुने बताए। तर, वरिष्ठ नेता ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएको प्रसंग उल्लेख गर्दै बर्तौलाले नेतृत्व चयन लोकतान्त्रिक विधि र प्रक्रियामार्फत नै हुने स्पष्ट पारे।

“नेतृत्व आवश्यक छ भन्ने मान्यता र निर्णय प्रक्रिया फरक कुरा हुन्,” उनले भने, “एमालेले लोकतान्त्रिक अभ्यासमार्फत नै अन्तिम निर्णय लिन्छ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *