काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कानुनी, राजनीतिक तथा मानवअधिकार मामिलाका सल्लाहकारसमेत रहेका पूर्वमन्त्री अग्नि खरेल ईश्वर पोखरेलको प्यानलमा सामेल भएका छन्।
ओली प्यानलबाट पदाधिकारीमा नपरेपछि सचिव पदका लागि उम्मेदवारी दिएका खरेललाई पोखरेल प्यानलले समेटेको हो। स्थायी कमिटी सदस्यसमेत रहेका खरेल सचिव पदका दाबेदार थिए।
खरेलले उपमहासचिवभन्दा तल्लो तहमा प्यानल नबनाउन अध्यक्ष ओलीलाई आग्रह गरेका थिए।




