काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष नेता केपी शर्मा ओली नेतृत्वको प्यानलले महिला कोटामा केन्द्रीय समिति सदस्य ५२ जनाको सूची तयार गरेको छ।
सूचीमा रामकुमारी झाँक्री र कोमल वलीसहित एलिजा गौतम, भगवती चौधरी, बालिका गिरी, प्रभा कोइराला, सरिता भुसाल, निरुदेवी पाल, सिता सिग्देललगायतका महिलाहरूको नाम समावेश गरिएको छ। एमालेको केन्द्रीय कमिटी सदस्य चयनका लागि आगामी मंगलबार निर्वाचन हुने तय भएको छ।






