राजनीति

सरकारले निर्वाचन अघि राजनीतिक दलसँग घनिष्ट संवाद गर्नु आवश्यक छ : माधव नेपाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सहसंयोजक माधवकुमार नेपालले आगामी निर्वाचनका लागि सरकारले राजनीतिक दलहरूसँग गहन संवाद गर्नुपर्ने बताएका छन्।

सोमबार सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, “सरकारले निर्वाचनको वातावरण बनाएको छ भन्न पनि नमिल्ने र बिथोलेको छ भन्न पनि नमिल्ने स्थिति सिर्जना भएको छ। यस अवस्थामा राजनीतिक दलसँग नियमित संवाद हुनु अत्यावश्यक छ।” उनले आफूहरू निर्वाचनको पक्षमा भए पनि वर्तमान अवस्थामा सरकार र राजनीतिक दलबीच आवश्यक संवाद पर्याप्त नभएको टिप्पणी गरे।

माधव नेपालले पछिल्लो समय जेनजी आन्दोलनपश्चात् नेपालमा राजनीतिक दलहरूको समर्थन घटेको भन्ने गलत धारणा फैलिएको उल्लेख गर्दै भने, “तर पछिल्ला राजनीतिक दलहरूको कार्यक्रमहरूले त्यो धारणा पुष्टि गरेका छैनन्। नेपाली जनता अझै पनि राजनीतिक आस्थामा रहेका छन्।”

उनले निष्कर्ष निकाल्दै भने, “निर्वाचन सम्पन्न गर्नका लागि सरकारले दलहरूसँग घनिष्ट संवाद गर्न जरुरी छ। यसले लोकतान्त्रिक प्रक्रिया र जनताको विश्वास दुवै सुनिश्चित गर्नेछ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *