राजनीति

भ्रष्टाचारीलाई श्रम संस्कृति पार्टीमा कुनै स्थान छैन : अध्यक्ष हर्क साङपाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टीमा भ्रष्टाचारीलाई कुनै स्थान नभएको स्पष्ट पार्नुभएको छ । सो पार्टीद्वारा आज काठमाडौँको सिफलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचारीलाई आफूले कुनै हालतमा पनि नछाड्ने उद्घोष गरे ।

“एक पैसा भ्रष्टाचार हुँदैन, मौकामा चौका हानौँ भनेर तपाँईहरु आउनुभएको छ भने गइहाल्नुस्, म कसैलाई छाड्ने छैन”, अध्यक्ष राईले भन्नुभयो, “मैले एक पैसा मात्रै भ्रष्टाचार गरेछु भने सोही दिन मेरो अन्तिम दिन हुनेछ ।” स्रोतबिना पनि आमनागरिकलाई परिचालन गरेरै मुलुक समृद्ध बनाउने योजना आफूसँग भएको जिकिर गर्दै उनले आसन्न निर्वाचनमा आफ्नो दललाई मत दिएर सहयोग गर्न आग्रह गरे. ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *