मुख्य समाचार

‘राष्ट्रिय चुनौती सामना गर्न योग्य नेता ओली’ : महासचिव पोखरेल

काठमाडौं । नेकपा ९एमाले० का महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पुनः पार्टी नेतृत्व दिने निर्णय राष्ट्रिय राजनीतिक आवश्यकता भएको बताएका छन्। पार्टी मुख्यालय च्यासलमा आयोजित ११औँ महाधिवेशन प्रचार कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकले सामना गरिरहेको जटिल चुनौती पार गर्न ओली नै योग्य नेतृत्व भएको स्पष्ट पारे।

पोखरेलका अनुसार ओलीमाथि देखिएको राजनीतिक घेराबन्दी कुनै व्यक्तिगत निशाना नभई एमालेको नीति तथा राष्ट्रको स्वाधीनता कमजोर पार्ने प्रयास हो। उनले भने, “यो आक्रमण व्यक्ति ओलीमाथि होइन, एमाले र नेपाल राष्ट्रलाई कमजोर बनाउने योजनाको हिस्सा हो भन्ने बुझ्नुपर्छ।”

उनले ओली राष्ट्रिय राजनीतिमा स्थापित नेतृत्व भएको दोहो¥याउँदै आगामी महाधिवेशनमा प्रतिस्पर्धाभन्दा एकतालाई प्राथमिकता दिनुपर्ने बताए। एमालेले अवलम्बन गर्ने नीतिबाटै राष्ट्रिय स्वाभिमान, स्वाधीनता र हितको रक्षा हुने उनको दाबी छ।

महासचिव पोखरेलले कार्यकर्तालाई ओली नेतृत्वमा पार्टीको प्रतिष्ठा र भविष्य सुरक्षित गर्ने अभियानमा एकजुट हुन आग्रह गर्दै महाधिवेशन उद्घाटन समारोहमा व्यापक उपस्थितिको आह्वान गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *