काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनपछिको आगजनी घटनालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेकी छन्। शुक्रबार बालुवाटारमा आयोजित सर्वपक्षीय बैठकमा उनले भनिन् कि आगजनी गर्ने प्रवृत्ति बढ्दा भोलि जोकोहीले जोसुकैलाई न्यानो वा घर जलाउन सक्ने खतरा रहेको छ।
प्रधानमन्त्री कार्कीले जोड दिइन्, “यस्ता हिंस्रक घटनाले फेरि कसैको पीडा बढ्न नपरोस्, कसैले रुन नपरोस्, यस्तो हृदयविदारक अवस्था सामना गर्नु नपरोस्।” उनले सबै पक्षलाई शान्ति कायम राख्न र जिम्मेवार व्यवहार अपनाउन आग्रह गरिन्।
त्यसैगरी उनले अब चुनाव हुन्छ कि हुँदैन भन्ने विषयमा बहस नगरी, चुनावलाई सुरक्षित र सफल बनाउने उपायमा ध्यान दिनुपर्नेमा जोड दिइन्।




