राजनीति

सुदूरपश्चिमबाट एमाले महाधिवेशनका ११७ प्रतिनिधि छानिए, डोटी मात्र बाँकी

काठमाडौं ।   नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रबाट प्रतिनिधि छनोट सकिएको छ। प्रदेशका १६ मध्ये डोटीबाहेक १५ निर्वाचन क्षेत्रबाट ११७ प्रतिनिधि चयन भइसकेका छन्।

एमालेले प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई नै आधार मानेर प्रतिनिधि चयन प्रक्रिया अघि बढाउँदै आएको छ। कैलालीका क्षेत्र नं. १, ४, ५ र कञ्चनपुर–१ र ३ बाहेकका अधिकांश क्षेत्रमा सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएको पार्टी स्रोतले जनाएको छ।

कैलालीमा दलित क्लस्टर र प्रदेश कमिटीसम्बद्ध केही प्रतिनिधि चयन प्रक्रिया भने अझै बाँकी रहेको छ।

सुदूरपश्चिमका प्रतिनिधि—कसले पाए मौका ?

(क्षेत्रगत सूची)

कैलाली

क्षेत्र नं. १

  • खुला: द्वारिका न्यौपाने, धुव्र खत्री

  • महिला: कमला शाही

  • युवा: लक्ष्मी आचार्य

क्षेत्र नं. २

  • खुला: कर्णबहादुर कुँवर, डेजी पाण्डे, नरबहादुर खड्का

  • महिला: ममता रावल, लक्ष्मी शाही

  • युवा: पवित्राकुमारी माझी

क्षेत्र नं. ३

  • खुला: चुलराम चौधरी, करुण बम

  • महिला: इच्छाकुमारी चौधरी

  • युवा: राजबहादुर बुढा

क्षेत्र नं. ४

  • खुला: चक्रबहादुर बोहरा, नरबहादुर तामाङ, भीमबहादुर देउवा

  • महिला: रत्ना कुँवर जोशी, शान्तिदेवी सिंह

  • युवा: शुद्धिराम चौधरी

क्षेत्र नं. ५

  • खुला: धर्मराज पाठक, नेपालु चौधरी, विष्णुकुमार चन्द, यज्ञराज ढुङ्गाना

  • महिला: अम्बिका विष्ट, रुकमणी देवकोटा

  • युवा: तीर्थराज भट्टराई


कञ्चनपुर

क्षेत्र नं. १

  • खुला: पल्लबराज भट्ट, वीरबहादुर थापा

  • महिला: कमला चौधरी, कल्पना गिरी

  • युवा: काशीराम बोहरा

क्षेत्र नं. २

  • खुला: रणबहादुर महरा, बचनबहादुर सिंह

  • महिला: लक्ष्मी बुढा, पार्वती जोशी

  • युवा: प्रविन बोगटी

क्षेत्र नं. ३

  • खुला: डा. दीपकप्रकाश भट्ट, जनकराज अवस्थी

  • महिला: कल्पना गिरी

  • दलित: आरपी सार्की

  • युवा: ओम बस्नेत


अछाम

क्षेत्र नं. १

  • खुला: केशरबहादुर साउँद, मीनबहादुर कुँवर, रामबहादुर बुढा

  • महिला: बिन्दु कुँवर, अनिता खड्का

  • युवा: डिबी साउँद

क्षेत्र नं. २

  • खुला: चन्द्रबहादुर बोहरा, यमबहादुर बिसी, बलबहादुर कुँवर, भीमबहादुर रावल

  • महिला: सरिता उपाध्याय, निर्मलाकुमारी धमाला

  • युवा: टोपबहादुर शाही


बाजुरा

  • खुला: लालबहादुर ओली, जनककुमार बोहरा, बलदेव रेग्मी, गगन रावल, भरत थापा, मनलाल विष्ट, मेघराज शाही

  • महिला: सीता थापा, देवु खाती, पार्वती थापा विष्ट, वसन्ती गुरुङ

  • दलित: काशी विक, गौरी सार्की, अमर विक, राजकला सार्की

  • युवा: नरेश रोकाया


बझाङ

  • खुला: दिलबहादुर भण्डारी, एलबी रावल, दमन भण्डारी, लालबहादुर खड्का, जनकराज जोशी

  • महिला: जानकी बोहरा, डोल्मा तामाङ, भागरथी सिंह

  • दलित: आनन्दलाल विक, शंकर रसाइदी

  • युवा: पंकज भण्डारी


डडेल्धुरा

  • खुला: गजेन्द्रबहादुर शाही, गजेन्द्र शाही

  • महिला: कृष्णा ओझा

  • दलित: चक्रप्रसाद स्नेही

  • युवा: ज्ञानेन्द्रसिंह भाट


बैतडी

  • खुला: सुरेन्द्रबहादुर पाल, चक्रबहादुर कार्की, नरेन्द्र विष्ट, पुष्करराज जोशी, लोकेन्द्र भण्डारी, रामसिंह पुजारा

  • महिला: धाना धामी, सकुन्तला साउँद, पार्वती कार्की, सरस्वती कोली

  • दलित: नरेशकुमार विश्वकर्मा, सरस्वती नेपाली, बलभद्र दयाल, कालुराम सार्की

  • युवा: गोविन्द गिरी


दार्चुला

  • खुला: ज्ञानेन्द्र घर्ती, कृष्ण धामी, रामदत्त जोशी, जनकसिंह ठगुन्ना, धर्मानन्दसिंह मन्याल, रणबहादुर पाल

  • महिला: माधवी जोशी, ताराकेशरी कुँवर, निर्मला धामी

  • दलित: लालबहादुर विक, मुरारीलाल टमटा

  • युवा: उमेशराज जोशी


सुदूरपश्चिमका अधिकांश जिल्लामा प्रतिनिधि छानिइसकेकाले अब महाधिवेशन तयारी अन्तिम चरणमा पुगेको एमाले प्रदेश कमिटीको भनाइ छ। डोटीको प्रतिनिधि सूची टुंगिएपछि प्रदेशबाट जाने प्रतिनिधिको पूर्ण संख्या घोषणा हुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *