राजनीति

​युवा नेतृत्वको सुनिश्चितता: गोविन्द गिरी निर्विरोध निर्वाचित

​काठमाडौं ।नेकपा (एमाले) को आसन्न ११औं राष्ट्रिय महाधिवेशनका लागि बैतडी जिल्लाबाट युवा क्लस्टरको प्रतिनिधिका रूपमा गोविन्द गिरी सर्वसम्मत रूपमा चयन हुनुभएको छ।

​पार्टीले महाधिवेशनमा ४० वर्ष मुनिका युवाहरूको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्न युवा क्लस्टर छुट्ट्याएको थियो। सोही क्लस्टर अन्तर्गत गिरीले बैतडीबाट निर्विरोध निर्वाचित भएर महाधिवेशन प्रतिनिधिको भूमिका प्राप्त गर्नुभएको हो।

“​सर्वसम्मतिको वातावरण”
​एमाले बैतडी जिल्ला कमिटीले पार्टीको नीति अनुसार युवा नेतृत्वलाई प्रोत्साहन दिँदै सहमतिमा प्रतिनिधि चयन गर्ने प्रयास स्वरूप गिरीलाई सर्वसम्मत चयन गर्न सफल भएको हो। उहाँको निर्विरोध चयनले जिल्लामा पार्टीको एकता र युवा माझको विश्वासलाई झल्काउँछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *