राजनीति

सर्वोच्चको आदेशपछि हिरासत मुक्त दुर्गा प्रसाईँ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । व्यवसायी दुर्गा प्रसाईँ आखिर सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका छन्। आइतबार न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईँलाई तत्काल हिरासतबाट मुक्त गर्न निर्देशन दिएपछि उनी छुटेका हुन्। जेनजी आन्दोलका क्रममा प्रधानमन्त्री समेतको संलग्नता रहेको फोटोभिडियो सार्वजनिक गरेपछि पक्राउपूर्जी विनै उनलाई मध्यरातमा उनकै निवासबाट सुतेको बेला प्रहरीले पक्राउ गरेको थियो । दुर्गा प्रसाईँलाई तत्काल रिहा गर्न पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि राप्रपा र कांग्रेसले समेत सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रसाईँका छोरा निराजन प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले सरकारी पक्षले दिएको कारण पर्याप्त नठहरिएको निष्कर्ष निकालेको हो। अदालतले पक्राउ प्रक्रियाबाट लिएर थुनामा राखिएको आधारसमेतका दावी कमजोर रहेको बताउँदै उनीमाथिको हिरासत निरन्तरताको आवश्यकता नदेखिएको उल्लेख गरेको छ।

यस अघि प्रसाईँ विभिन्न विवादित अभिव्यक्ति, सरकार र नेताविरुद्धका आक्रामक अभियान तथा राजनीतिक कार्यक्रमका कारण बारम्बार सुरक्षा निकायको निगरानीमा परिरहँदै आएका थिए। तर अदालतले दिएसको आदेशले उनीमाथिको पछिल्लो कानुनी दाउपेंच अब कम्तीमा तत्कालका लागि अन्त्य भएको छ।

प्रसाईँ थुनामुक्त भएपछि आमसभादेखि सार्वजनिक अभिव्यक्तिसम्म फेरि सक्रिय हुने अनुमान छ। तर, उनका पछिल्ला गतिविधिलाई लिएर राज्य संयन्त्र र कानुनी निकायले कसरी निगरानी गर्छन्—अबको राजनीतिक वातावरणले त्यसैको उत्तर दिनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *