मुख्य समाचार

२०४६ साल यता लाभको पदमा पुगेका सबैको सम्पत्ति छानवीन गर्न उच्च स्तरीय समिति गठन गर्न धनराजको प्रस्ताव

काठमाडौ । भ्रष्टाचार बिरोधि नेताको छबि बनाउनु भएका नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले २०४६ सालदेखि यताका लाभको पदमा पुगेका सबै नेता र कर्मचारीहरुको सम्पत्ति छानविन गर्न उच्च स्तरीय न्यायिक समिति गठन गर्ने प्रस्तावलाई नेपाली काङ्ग्रेसले एजेन्डा बनाएर जानुपर्ने प्रस्ताव पेस गरेका छन् ।

बिहिवार बिहान ९ बजेदेखि नेपाली काङ्ग्रेस केन्द्रिय कार्यालय सानेपामा बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा उपसभापति गुरुङले मुलुकमा सुशासन कायम गर्नका लागि नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा २०४६ सालदेखि यताका लाभको पदमा पुगेका सबै नेता र कर्माचारीहरुको सम्पत्ति छानविन गर्न उच्च स्तरीय न्यायिक समिति गठन गर्नु पर्ने प्रस्ताव केन्द्रीय समितिको बैठकमा प्रस्तावको रुपमा ल्याउनु पर्ने प्रस्ताव गरेका हुन् ।

२०८० साल चैत २३ गते प्रतिनिधिसभामा सो प्रस्ताव दर्ता गर्नुभएका उपसभापति गुरुङको उक्त प्रस्तावलाई अहिलेसम्म बेवास्ता गर्दै आइएको थियो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा नेताको सम्पत्ति छानबिन हुनुपर्ने मुद्दा उठेपछि यो बिषयले यतिबेला चर्चा पाएको छ ।

नेपाली काङ्ग्रेसको एजेन्डा बनाएर जानुपर्ने गुरुङले पटकपटक उठाएको आवाजलाई पार्टीले बेवास्ता गरेपछि उपसभापति गुरुङले उक्त प्रस्ताव प्रतिनिधिसभामा दर्ता गराएका थिए । जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएपछि यो मुद्दा नेपाली काङ्ग्रेसको कार्यसमितिले पास गरेर काङ्ग्रेसले एजेन्डा बनाएर लैजानुपर्ने भन्दै उपसभापति गुरुङले कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा पेस गरेका हुन् ।

केन्द्रिय कार्यसमितिको बैठक आज दिउँसो १ बजेदेखि नेपाली काङ्ग्रेस केन्द्रिय कार्यालय सानेपामा बसिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *