मुख्य समाचार

माओवादी केन्द्र पदाधिकारी बैठक : गुटबन्दी अन्त्यदेखि एकता एजेन्डासम्म छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष (पुष्पकमल दाहाल ‘प्रचण्ड’)ले आइतबार दिउँसो पार्टी पदाधिकारी बैठक आह्वान गरेका छन्। बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा दिउँसो २ बजे बस्ने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

बैठकमा पछिल्लो स्थानीय समितिले गरेको निर्णय कार्यान्वयन, पार्टीभित्र एकतामा जोडिएका नेताहरूको जिम्मेवारी बाँडफाँड, स्थगित मध्यपहाडी लोकमार्ग अभियान पुनः सञ्चालन, र समसामयिक राजनीतिक अवस्थाबारे विस्तृत छलफल हुने भएको छ।

यससँगै, साउन १९ गते बसेको स्थायी समिति बैठकले गरेका निर्णय–जस्तै पार्टीभित्र रहेका गुट र स्वार्थ समूह विघटन, विप्लव नेतृत्वको नेकपासँग एकता र नेकपा ९एकीकृत समाजवादी० सँग सहकार्यका सम्भावनाबारे पनि बैठकमा पुनः छलफल हुने बताइएको छ।

तर, अझै पनि गुटगत गतिविधि रोकिएको छैन भन्ने आन्तरिक असन्तुष्टिका बीच यो बैठक महत्वपूर्ण मानिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *