मुख्य समाचार

कारागारमा स्वास्थ्य समस्या देखिएपछि रवि लामिछाने अस्पतालमा रगत परीक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई स्वास्थ्य समस्या देखिएपछि रगत परीक्षणका लागि अस्पताल लगिएको छ ।

रास्वपा प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार सोमबार बिहान उपसभापति डोलप्रसाद अर्यालले नख्खु कारागारमा लामिछानेलाई भेट्दा छालामा पहेँलोपन देखिएको थियो । त्यसपछि स्वास्थ्य जाँचका लागि अस्पताल पठाइएको हो ।

‘उहाँको स्वास्थ्यमा समस्या हुन सक्ने देखिएकाले परीक्षणका लागि अस्पताल पठाइएको हो,’ प्रवक्ता झाले बताए । रगत परीक्षणको रिपोर्ट भने अझै प्राप्त नभएको जानकारी दिइएको छ ।

लामिछानेलाई दुई दिनअघि मात्रै भैरहवा कारागारबाट स्थानान्तरण गरी नख्खु कारागारमा ल्याइएको हो । उनलाई करिब ४ सय कैदीबन्दी रहेका ब्लकमा राखिएको कारागार स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *