काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले पाँचौ महाधिवेशन मंसिर २६ देखि २८ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । अध्यक्ष विद्धान गुरुङले तय गरेको कार्यतालिका अनुसार अधिवेशनका लागि तल्लो तहदेखि तयारी सुरु गरिएको छ ।
कार्यतालिका अनुसार भाद्र १५ भित्र पूर्ण सदस्यता वितरण र पालिका अधिवेशन सम्पन्न गर्ने, भाद्र मसान्तसम्म सदस्यता स्वीकृत तथा प्रतिनिधि अनुमोदन गर्ने, कात्तिक मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने र कात्तिक २० भित्र प्रदेशसभा तथा संघीय निर्वाचन क्षेत्र अधिवेशन गर्ने योजना बनाइएको छ ।
२०७३ सालयता अधिवेशन गर्न नसकेको तरुण दल हाल तदर्थ समितिमार्फत सञ्चालन हुँदै आएको छ । आसन्न महाधिवेशनलाई संगठनलाई सुदृढ गर्ने अवसरका रूपमा लिइएको दलले जनाएको छ ।




