काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ०८४ सालको निर्वाचनसम्म अहिलेको राजनीतिक समीकरण कायम रहने दाबी गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा समसामयिक विषयमा धारणा राख्दै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले भने, “देशमा राजनीतिक र नीतिगत स्थिरता कायम राख्दै बिग्रिएको अर्थतन्त्रलाई सुधार्न संसद्का दुई प्रमुख दलहरू मिलेर, अन्य दलहरूको सहयोगमा सरकार बनेको हो।” उनले सरकारको बलियो संसदीय गणित रहेको र विपक्षी दलहरूलाई अस्थिरता चाहिँ किन अप्रिय लागेको हो भन्ने प्रश्न समेत उठाए।
उहाँले थपे, “बलियो संसदीय गणितको आधारमा उभिएको सरकार आज वा भोलि ढल्ने डरमा निरन्तर हल्ला फैलाउने अस्थिरताको पक्षपोषण किनरु आगामी निर्वाचनसम्म यही समीकरण अघि बढ्छ।”
प्रधानमन्त्री ओलीको यो दाबीले देशमा स्थिरता कायम राख्ने र आगामी निर्वाचनसम्म राजनीतिक परिस्थितिमा ठूलो परिवर्तन नहुने संकेत गरेको विश्लेषकहरू बताउँछन्।




