काठमाडौं । कुलिङ अफ पिरियडको विषयमा भएको विवादमा संलग्न देखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई पदबाट राजीनामा दिन माग गरेको छ।
रास्वपाका प्रवक्ता मनिष झाले संसदीय समितिको प्रतिवेदनमा सभापति खतिवडाको संलग्नता देखिएको दाबी गर्दै, उनले अब पदमा रहिरहन नैतिक आधार गुमाएको बताए। “समितिको प्रतिवेदनमा उहाँ दोषी देखिनु भएको छ,” उनले भने, “अब नैतिकता देखाउने बेला हो। राजीनामा दिनु नै उचित हुन्छ।”
रास्वपाको सचिवालय बैठकले पनि खतिवडाले पद छाड्नुपर्ने निष्कर्ष निकालेको जनाइएको छ।
कांग्रेस सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा बनेको समितिले मंगलबार संसदमा पेश गरेको प्रतिवेदनमा खतिवडाको भूमिका विवादास्पद रहेको उल्लेख गरिएको छ। उक्त प्रतिवेदनले कुलिङ अफ पिरियडको मापदण्ड खारेज गर्न गरिएका प्रयासमा खतिवडाको पनि भूमिका रहेको संकेत गरेको हो।




