मुख्य समाचार

मन्त्री गुप्ताको अडियो प्रकरणमा प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासम्बन्धी सार्वजनिक अडियोबारे गम्भीर छानबिन हुनुपर्ने माग गरेका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले आफैं छानबिनको पहल लिनुपर्ने स्पष्ट गरे।

“अडियो साँचो हो वा होइन, त्यो यत्तिकै भन्न मिल्दैन। तर संसदमै यो विषय उठिसकेकाले अब छानबिन टार्न सकिँदैन,” भट्टराईले भने। उनले सम्बन्धित मन्त्रीले पनि संसदमा आएर विषय स्पष्ट पार्नुपर्ने धारणा राखे। भट्टराईले यदि मन्त्री गुप्ताको संलग्नता प्रमाणित भएमा प्रधानमन्त्रीले नैतिकताको आधारमा उनलाई पदबाट हटाउनुपर्ने बताए। “मन्त्रीको संलग्नता पुष्टि भयो भने सरकार चुप लागेर बस्न मिल्दैन,” उनले स्पष्ट पारे।

सञ्चारमाध्यममा आएका सबै समाचार सत्य नहुन सक्छन् भन्ने जनाउँदै उनले निष्पक्ष रूपमा विषयको अध्ययन र मूल्यांकन गर्नुपर्ने बताए।अन्त्यमा भट्टराईले संविधान संशोधनजस्तो संवेदनशील विषय सबै राजनीतिक दलहरूको सहमतिमा मात्र अघि बढ्न सक्ने भन्दै सन्तुलित र समावेशी प्रक्रिया आवश्यक भएको उल्लेख गरे।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *