काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र नेतृत्व तहमा फेरबदल गरिएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सगुनसुन्दर लावतीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएका छन्।
साथै, पार्टी उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रोशन कार्कीलाई केन्द्रीय अनुशासन समिति अध्यक्षमा मनोनित गरिएको छ। कार्कीलाई अनुशासन समितिको नेतृत्व दिने निर्णय पनि लिङ्देनद्वारा गरिएको हो।
पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उक्त निर्णय पार्टी विधानअनुसार गरिएको उल्लेख छ।
यस फेरबदललाई पार्टी भित्रको आन्तरिक सन्तुलन मिलाउने प्रयासको रूपमा हेरिएको छ भने, प्रवक्ता पदबाट लावतीको हटाइलाई केहीले असन्तुष्टि र रणनीतिक निर्णयको संकेतका रूपमा समेत विश्लेषण गरिरहेका छन्।




