मुख्य समाचार

राजावादी आन्दोलनबाट राप्रपा नेपालका अध्यक्ष र नवराज सुवेदी फेल, समितिबाट हटाउन पूर्वराजा शाहको निर्देशन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमा सुरु गरिएको राजावादी आन्दोलन भित्रैबाट संकटमा परेको छ। आन्दोलनको नेतृत्वमा रहेका नवराज सुवेदी र राप्रपा नेपाल अध्यक्ष कमल थापालाई पदमुक्त गर्ने तयारीले यो आन्दोलन अब ‘पुनरावलोकनको मोड’ मा पुगेको स्पष्ट देखिन्छ।

राजावादी युवाहरुले सुवेदी र थापाको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै नेतृत्व परिवर्तनको चर्को माग गरेका छन्। उनीहरुले अब युवाहरुलाई अगाडि सारेर आन्दोलनलाई नयाँ ऊर्जा दिनुपर्ने निष्कर्ष निकालेका छन्। चैत ४ गते घोषित आन्दोलन समिति सुरु देखि नै विवादास्पद रहँदै आएको थियो।

सुवेदी नेतृत्वको समितिमा विश्वास नगर्ने राप्रपाका नेता राजेन्द्र लिङदेन र कमल थापा स्वयं आन्दोलनमा निष्क्रिय रहे। अर्कातर्फ, समितिका धवल शमशेर र रविन्द्र मिश्र हिंसात्मक प्रदर्शनमा संलग्न भइ पक्राउ परेपछि थप झट्का लाग्यो। उनीहरु दुई नेता फरार रहेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले वर्षायाम भएकाले स्थगित गरेको घोषणा गरिसकेका छन् । तर पूर्वराजा शाहको बलमा नै पुन ः राजावादी आन्दोलनलाई अगाडी बढाउन निर्देशन भएको स्रोतको दाबी छ ।

पुराना नेतृत्वहरूप्रति पूर्वराजाको आशक्ति र जनस्तरमा उनीहरूको प्रभावहीनता बीचको द्वन्द्वमा राजावादीको आन्दोलन एक रणनीतिक भ्रममा अल्झिएको राजनीतिज्ञ विश्लेषकहरुको भनाइ छ । राजावादी आन्दोलनको स्थायित्व र विश्वसनीयता नेतृत्वको कुशलतामा निर्भर हुन्छ। तर सुवेदी र थापाले जनस्तरमा कुनै स्पष्ट एजेन्डा नदिएर आन्दोलनलाई हिंशामा परिणत गरेकोप्रति युवाहरुले आक्रोष व्यक्त गर्न थालको छन् । जेठ २१ गतेको समीक्षा बैठकको विवादले आन्दोलनप्रतिको जनसमर्थन थप घटाएको हो । राजावादी आन्दोलनका क्रममा नेतृत्व राम्रो गर्न नसकेको र स्पष्ट एजेण्डलाई अगाडी बढाउन नसकेको भन्दै युवाहरुले कमल थापा र नवराज सुवेदीको हातबाट माइक्रो फोन खोसेर नै आपत्ति जनाएका थिए । युवाहरुलाई तीनकुने घटनामा एक पत्रकारसहित दुई जनाको ज्यान जाने गरी निम्त्याएको घटना र व्यक्तिगत तथा सार्वजनिक सम्पतिमाथि तोडफोड गराएर पूर्वराजाको अपमान र राजवादी आन्दोलनलाई थप क्षेति पुगेको युवाहरुको आरोप छ ।

यो क्रमिक विफलता स्वयं पूर्वराजालाई निराश बनाएको बुझिएको छ। स्रोतहरूका अनुसार पूर्वराजाले अब नयाँ पुस्ताको नेतृत्वलाई अघि सार्ने संकेत गरेका छन्। राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरूले अब आन्दोलनलाई ‘रिब्रान्ड’ गर्ने तयारी गरिरहेका छन्। सुवेदी र थापालाई सम्मानसाथ ‘बिदाइ’ गर्ने तर आन्दोलनलाई पुनर्गठित गर्ने राजावादीको भनाइ छ । राजावादी आन्दोलनले लोकतान्त्रिक तथा गणतन्त्रलाई दबाब दिन खोजेपछि सत्तारुढ दलहरुले राजावादी आन्दोलन र पूर्वराजा ज्ञानेन्द्र शाहको क्रियाकलापलाई अस्वीकार गर्दै कडा चुनौती दिदैँ आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *