काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आफू राजनीतिमा प्रवेश गर्ने कुनै योजना नरहेको स्पष्ट पार्दै त्यसबारेको अड्कलबाजीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। सोमबार आयोजित करुणा पुस्तक अन्तरक्रिया कार्यक्रम का अवसरमा शाक्यले राजनीतिमा आउने सोच पनि छैन र त्यस्तो प्रस्ताव समेत कहिल्यै नआएको बताइन्। ूअब केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भनेर कता–कता प्रश्न गरेको सुनेकी छु, उनले भनिन्, तर, ओलीले मलाई राजनीतिमा जाऊ भन्नुभएको छैन, न त मैले राजनीति गर्छु भनेर योजना बनाएकी छु।
शाक्यले आफ्नो पुस्तक करुणा मार्फत आफूले समाजप्रतिको दृष्टिकोण र अनुभवहरू व्यक्त गरेको र त्यो राजनीतिक उदेश्यले नभएको प्रस्ट्याइन्। म इमानदार नेपालीको छोरी हुँ, मैले बुझेका सही र गलत कुराहरू पुस्तकमा राखेकी हुँ,ू उनले भनिन्। उनले थपिन्, मेरो विचार व्यक्त गर्ने अधिकार मसँग छ। त्यसैले, राजनीतिमा आउँछु कि भनेर कसैले चिन्ता लिनु पर्दैन। म पूर्ण रूपले सामाजिक र साहित्यिक क्षेत्रमा नै सीमित रहनेछु।
शाक्यले राजनीतिक वृत्तमा आफूलाई तान्ने प्रयास र अड्कलबाजीप्रति आपत्ति जनाउँदै आफू सामान्य नेपाली नागरिककै भूमिकामा खुशी रहेको बताइन्। कार्यक्रममा उपस्थित सहभागीहरूले उनको स्पष्टोक्ति र खुलापनको सराहना गरे। कार्यक्रममा सहभागी एक वरिष्ठ पत्रकारले टिप्पणी गर्दै भने, राधिका शाक्यले राजनीति भन्दा बाहिर रहेर समाजसेवा र साहित्यलाई अघि बढाउने घोषणा गर्दा धेरैको अड्कलबाजी समाप्त भएको छ।
राधिका शाक्यको यो धारणा संगै उनका राजनीतिक सम्भावनाबारे भएका हल्लाहरूलाई पूर्णविराम लागेको छ।




