मुख्य समाचार

खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) अनुसार बुधबार गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका हुन्।

यसअघि वैशाख १० गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट हटाइएको थियो। तामाङको बर्खास्तीपछि खाली रहेको पदमा गर्बुजालाई जिम्मेवारी दिइएको हो।

राजनीतिक रूपमा म्याग्दीमा सक्रिय रहेका गर्बुजा हाल प्रतिनिधिसभामा क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन्। उनको नियुक्तिसँगै ऊर्जा मन्त्रालयको नेतृत्व टोलीमा फेरबदल भएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *