मुख्य समाचार

शिक्षकहरूको माग पूरा गर्न असम्भव छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकहरूले उठाएका मागहरू कुनै पनि हालतमा असम्भव नभएको दाबी गरेका छन्। बर्दियाको राजापुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले हाल शिक्षकहरूले हिजो सरकारले गरेको सहमति अनुरूप मात्र माग राखेको बताए।

प्रचण्डले भने, शिक्षकहरूको माग सम्बोधन गर्न नसकिने खालको होइन। हिजो मेरो प्रधानमन्त्रीत्वकालमा शिक्षकहरूसँग गरिएको सहमति अनुरूप नै उनीहरूले ऐनको माग गरिरहेका छन्। ठूलो कुनै नयाँ माग छैन।ू

उनले आफू प्रधानमन्त्री हुँदाको समयमा नै विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराइएको स्मरण गर्दै उपसमितिबाट विधेयक छिट्टै टुंग्याएर समाधान गर्न सकिने बताए।

तर उनले हालको सरकारमाथि गम्भीर आरोप लगाए। प्रचण्डले भने, सरकार शिक्षकहरूको जायज माग पूरा गर्नुको सट्टा अपमान, गाली र दमनतिर उन्मुख भएको छ। विगतमा पनि उत्तेजना फैलाउने काम गरिएको थियो। अहिले त शिक्षकहरूलाई प्रहरीद्वारा आक्रमण गराएर थप अपमान गरिएको छ। प्रचण्डको भनाइले अहिलेको शिक्षक आन्दोलन र सरकारबीचको सम्बन्ध थप चिसिएको संकेत देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *