मुख्य समाचार

पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षा मन्त्री सिंहबिच सकारात्मक वार्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र भारतीय रक्षा मन्त्री राजनाथ सिंह बीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ।

भारत भ्रमणमा रहेका भट्टराई र सिंहबीचको भेटमा नेपाल–भारत सम्बन्धलाई सुदृढ पार्ने र आर्थिक विकासका लागि सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विषयमा सकारात्मक र रचनात्मक संवाद भएको भट्टराईको सचिवालयले जानकारी दिएको छ।

भट्टराईले भेटका क्रममा कश्मीरको पेहलगाम क्षेत्रमा हालै भएका आतंकवादी हमलाको घोर निन्दा गर्दै शोक व्यक्त गरेका थिए। उनले भारतीय नागरिकहरूको सुरक्षामा गम्भीर ध्यान दिने आवश्यकता औंल्याए । भट्टराई भारतको प्रगतिशील नेपाली समाज समिति का अधिवेशन उद्घाटनको लागि भारत भ्रमणमा पुगेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *