मुख्य समाचार

प्रचण्डप्रति झलनाथ खनालको कटाक्ष,क्रान्तिकारी भाषण होइन, व्यवहार परीक्षण गरौं

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलन खनालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को पछिल्ला अभिव्यक्तिमाथि आलोचना गर्दै परीक्षणको बेला आएको टिप्पणी गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै खनालले प्रचण्डले पछिल्लो समय बाहिर आएर पुनः क्रान्तिकारी शैलीमा अभिव्यक्ति दिन थालेको उल्लेख गर्दै, त्यसको मूल्यांकन आवश्यक रहेको बताए।

“हिजोसम्म कांग्रेसको पिठ्युँमा बसेर कराउँदै गरेका प्रचण्ड अहिले ओलीको पिठ्युँमा बसेर क्रान्तिकारी कुरा गर्न थालेका छन्,” खनालको कटाक्ष थियो। “बाहिर आएपछि क्रान्तिकारी बन्दै हिँड्ने यो प्रवृत्ति परीक्षणयोग्य छ।”

खनालले राजनीतिक अवसरवादको विषय पनि उठाए, “एक–दुई वटा मन्त्रालय पाउँदा सरकारमा गइयो, तर त्यसबाट पार्टीले के पायो? मूल्यांकन गरौँ।” उनले पार्टीको दीर्घकालीन हितका लागि नीति र व्यवहार दुवैमा स्थिरता र स्पष्टता आवश्यक रहेकोमा जोड दिए।

राजनीतिक अभिव्यक्तिहरू केवल शब्दमा सीमित नहुने, त्यसको व्यवहारिक प्रभाव र निष्कर्ष मूल्यांकन गर्ने बेला आएको खनालको भनाइ छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *