काठमाडौं । जनमत पार्टीमा आन्तरिक विवाद चुलिँदै गएको छ। पार्टीका निलम्बित उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख दीपककुमार साहले अध्यक्ष डा. सीके राउतमाथि गम्भीर आर्थिक अनियमितताको आरोप लगाउँदै १० बुँदे खुलासा गरेका छन्।
साहले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई ठगी प्रकरणमा पक्राउ गराउनु राउतकै योजनाबद्ध षड्यन्त्र भएको दाबी गरेका छन्। उनका अनुसार ‘मधेश आश्रम’ नामक घर निर्माण र त्यससँग सम्बन्धित करोडौं रकमको लेनदेनमा यादव मात्र होइन, स्वयं राउतको प्रत्यक्ष संलग्नता रहेको छ।
साहका अनुसार पार्टीका तर्फबाट आर्थिक सहयोगको आह्वान असफल भएपछि यादव र बसन्त कुशवाहाले व्यक्तिगत खर्चमा घर बनाएका थिए। तर अहिले त्यसैलाई आधार बनाई यादवलाई पक्राउ गरिएको छ। “सत्यतथ्य लुकाएर भ्रष्टाचारको दोष अरूमाथि थोपर्ने प्रयास हो ।





