काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका केही नेताहरू सरकारको गति र कार्यशैलीप्रति असन्तुष्टि जनाइरहेका बेला नेकपा एमालेले त्यसप्रति सकारात्मक प्रतिक्रिया दिँदै यस्तो असन्तोष संयन्त्रभित्रै छलफल गरेर समाधान खोज्न उपयुक्त हुने सुझाव दिएको छ।
सोमबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस नेताहरूको टिप्पणीलाई आलोचना होइन, सरकार सुधारका लागि प्रेरणा मान्न सकिने बताए। तर उनले सार्वजनिक रूपमा गुनासो गर्नुको सट्टा सरकारले बनाएका संयन्त्रभित्रै संवाद गर्नुपर्नेमा जोड दिए।
सरकारलाई प्रभावकारी बनाउन सुझाव आएको हो भने त्यसलाई सकारात्मक रूपमा लिएको छौं,ू ज्ञवालीले भने, ूतर संयन्त्रभित्र बसेर छलफल गर्नु अझ उपयुक्त हुन्छ। हामीले सरकार सञ्चालनका लागि विभिन्न तहमा संयन्त्रहरू बनाएका छौं। गृह मन्त्रालय सम्हालिरहेका कांग्रेस महामन्त्री गगन थापादेखि डा। शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा लगायत नेताहरू सार्वजनिक रूपमा असन्तुष्टि पोखिरहेका बेला एमालेले यस्तो प्रतिक्रिया दिएको हो।
प्रचण्डमाथि कटाक्ष : औंला ठड्याउने होइन, जिम्मेवारी लिनु जरुरी
ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुप्रति पनि कटाक्ष गरे। उनले शान्ति सम्झौतापछि सबैभन्दा धेरै समय सरकारमा बसेको माओवादी नै भएको उल्लेख गर्दै अब आलोचना होइन, जिम्मेवारी लिने बेला भएको बताए। ०६३ सालपछि सबैभन्दा धेरै माओवादी नै सरकारमा बसेका छन्,ू उनले भने, सरकारमा धेरै समय बसेर पनि आलोचना गर्ने प्रवृत्ति ठीक होइन। अरुलाई औंला ठड्याउनेभन्दा पहिला आत्ममूल्यांकन गर्नु जरुरी छ।ू
सत्तारूढ दलका नेताहरूको आलोचनालाई एमालेले सिधै प्रतिवाद नगरेर संयमित र समन्वयात्मक धारणा सार्वजनिक गरेको छ। आलोचना र असन्तोष व्यवस्थापनको शैली संयन्त्रभित्र केन्द्रित रहनु पर्ने सन्देश दिँदै एमालेले सरकार सञ्चालनमा एकता र उत्तरदायित्वको आवश्यकता औंल्याएको छ। प्रश्न अब यही हो— सत्ताका साझेदारहरू आन्तरिक संवादमा कति गम्भीर देखिन्छन्?




