मुख्य समाचार

भूकम्पपीडित म्यानमारलाई नेपालको मानवीय सहयोग, २७ टन राहत सामग्रीसहित टोली प्रस्थान गर्दै

काठमाडौं । भूकम्पबाट थलिएको म्यानमारलाई नेपालले करिब २७ टन राहत सामग्री सहयोग गर्ने भएको छ। बुधबार नेपाली प्रतिनिधिमण्डल उच्चस्तरीय टोलीसहित राहत सामग्री लिएर म्यानमार जाँदैछ।

गत शुक्रबार ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्पले म्यानमारमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। तीन हजारभन्दा बढीको ज्यान गएको यस विपत्तिपछि, म्यानमार सरकारले आवश्यक सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग अनुरोध गरेको थियो।

नेपाल सरकार र निजी क्षेत्रको संयुक्त पहलमा संकलित राहत सामग्रीमा खाद्यान्न, औषधि, तथा मेडिकल सामग्री समावेश गरिएको पराष्टमन्त्रालयले जनाएको छ । यससँगै नेपाली सेनाको एक चिकित्सक टोली केही दिनअघि नै म्यानमार पुगिसकेको छ।

परराष्ट्रमन्त्री डा. आरजु राणाका अनुसार, म्यानमारस्थित नेपाली दूतावासमार्फत त्यहाँको सरकारसँग समन्वय गरी आवश्यक सामग्रीको सूची माग गरिएको थियो। सोही अनुसारको राहत लिएर नेपाली टोली आज राति म्यानमार प्रस्थान गर्दैछ।

ूनेपालले संकटको बेला छिमेकीलाई साथ दिने परम्परा राखेको देश हो,मन्त्री राणाले भनिन्, सरकार र निजी क्षेत्र मिलेर जुटाएको सहयोगले म्यानमारका पीडितहरूलाई केही राहत मिल्नेछ भन्ने हाम्रो विश्वास छ। नेपालको यो सहयोगले अन्तर्राष्ट्रिय मानवीय सहकार्यमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *