मुख्य समाचार

कम्युनिस्ट एकतालाई बलियो बनाउनु आजको आवश्यकता हो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट एकता आजको आवश्यकता रहेको बताएका छन् । मंगलबार प्रगतिशील लेखकसंघको नयाँ नेतृत्वलाई शुभकामना दिँदै अध्यक्ष प्रचण्डले माओवादीले कम्युनिस्ट एकताका लागि पछिल्लो पार्टी बैठकबाटै एकमतले निर्णय गरेको उनले बताएका हुन् ।

‘पछिल्लो चरणमा दुई प्रभावशाली कम्युनिस्ट पाटीबिच एकता भएपनि त्यसलाई बचाउन नसकेको भन्दै अब इतिहासमा गौरव गर्न योग्य बनाउन सबैले पहल गर्न आवश्यक रहेको बताएका छन् ।

प्रचण्डले कम्युनिस्ट एकतालाई बलियो बनाउन सडकदेखि सदनसम्म एक हुन आवश्यक रहेको बताएका छन् । पछिल्लो समय देशमा राजावादीहरुले सरकारका बारेमा विभिन्न आरोप प्रत्यारोप लगाउँदै देशमा हिंशात्मक अभियानको सुरुवात गरेको भन्दै उनले शान्तिपूर्ण अभियान र समृद्धिका लागि अब कम्युनिष्ट एकताको आवश्यकता बढेको बताए । उनले कसैको प्रलोभवनमा परेर झन्डाकोपछि नलुक्न समेत सबै नेता तथा कार्यकर्ता तथा कम्युनिष्ट आन्दोलनलाई अगाडी रहेका दलहरुलाई समेत सुझाव दिए ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *