मुख्य समाचार

त्रिवि स्ववियु सभापतिमा दीपकराज जोशी विजयी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका दीपकराज जोशी निर्वाचित भएका छन्।

सोमबार सम्पन्न निर्वाचनमा जोशीले ७८९ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी अखिल )क्रान्तिकारी) का प्रविण दाहालले ७२७ मत ल्याए। अनेरास्ववियुका सिद्धान्त भट्ट र स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले समान ७०१ मत प्राप्त गरे।

यद्यपि, सभापति बाहेकका पदहरूमा अनेरास्ववियुका उम्मेदवारले जित हाँसिल गरेका छन्।
सचिवमा – अनेरास्ववियुका हिक्मतकुमार बुढा विजयी
कोषाध्यक्षमा – अनेरास्ववियुकी सञ्चमाया सुब्बा निर्वाचित

त्रिवि स्ववियुमा मिश्रित नेतृत्व बनेको देखिएको छ। सभापतिमा नेविसंघ विजयी भए पनि कार्यसमितिको अन्य महत्त्वपूर्ण पद अनेरास्ववियुले जितेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *