मुख्य समाचार

बालेनको अभिव्यक्ति आपत्तिजनक, कानूनी कारबाही गर्न युवा संघको माग

काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ, काठमाडौं महानगर कमिटीले मेयर बालेन्द्र साह ९बालेन० विरुद्ध कानूनी अनुसन्धानको माग गरेको छ। संघले बालेनले सोमबार राति मदिरा सेवन गरेर सामाजिक सञ्जालमा आपत्तिजनक स्टाटस लेखेको आरोप लगाउँदै कानूनी कठघरामा उभ्याउन माग गरेको हो।

युवा संघले मंगलबार जारी गरेको विज्ञप्तिमा मेयर बालेनले “टुकुचामा गाड्छु” भन्ने अभिव्यक्ति दिएकोमा आपत्ति जनाउँदै सार्वजनिक पदमा बसेका व्यक्तिले यस्तो गैर(जिम्मेवारपूर्ण कुरा गर्नु अनुचित भएको उल्लेख छ।

“सस्तो लोकप्रियताका लागि भड्काउने अभिव्यक्ति नदिनू” युवा संघ काठमाडौं महानगर कमिटीका अध्यक्ष दिपेश सुधाकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आफ्नो पदको मर्यादा भुलेर पब र क्लबमा रमाउँदै सामाजिक सञ्जालमा सस्तो लोकप्रियता कमाउने प्रयास आपत्तिजनक छ।”

संघले बालेनलाई सत्यलाई अतिरञ्जित गर्दै समाजलाई उत्तेजित पार्ने गतिविधि नगर्न चेतावनी दिएको छ। युवा संघले बालेनका अभिव्यक्तिहरूले कानूनी दायराको उल्लंघन गरेको भन्दै सम्बन्धित निकायलाई छानबिन गरी कारबाही अघि बढाउन माग गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *