काठमाडौं । कोशी प्रदेश सभाको चालु छैठौं अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने भएको छ।
मन्त्रिपरिषद् बैठकले आज बिहान प्रदेश प्रमुखसमक्ष अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार अधिवेशन अन्त्यका लागि सिफारिस पठाइएको छ।




