काठमाडौं । राजसंस्थाको पुनर्स्थापनाका लागि ‘निर्णायक’ आन्दोलनको तयारी भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गम्भीर अन्तरसंघर्षमा फसेको छ। पूर्वराजा ज्ञानेन्द्र शाहले अघि सारेका ८६ वर्षीय नवराज सुबेदी को नेतृत्व स्वीकार गर्ने वा नगर्ने विषयमा पार्टीभित्र द्वन्द्व चुलिएको हो ।
राप्रपाभित्र राजसंस्थाको पक्षमा उभिने दुई फरक धार खुलेका छन्। एउटा समूहले पार्टीले नै आन्दोलनको नेतृत्व गर्नुपर्ने भन्दै लडिरहेको छ, भने अर्को पक्ष पूर्वराजाले दिएको रोडम्याप स्वीकार गर्नुपर्ने बताइरहेका छन् ।
लिङ्देन–राणा शक्ति संघर्षको नयाँ चरण
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पूर्वराजाको हस्तक्षेपमा असन्तुष्ट छन्। उनी पार्टीको स्वतन्त्र पहिचान जोगाउन चाहन्छन्। यही कारणले नवराज सुबेदीले डाकेको भेलामा सहभागी भएनन्। तर, संस्थापनइतर नेताहरूले भने उत्साहपूर्वक सहभागिता जनाए।
भेलाले ११ सदस्यीय आन्दोलन निर्देशक समिति गठन गर्यो, जसमा लिङ्देनसहित पाँचजना वरिष्ठ नेताहरू (पशुपति शम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनी, रविन्द्र मिश्र, हरिबहादुर बस्नेत) राखिएका थिए। तर, लिङ्देनले समितिमा नबस्ने घोषणा गरिसकेका छन्। संस्थापन पक्षका अनुसार समितिको निर्णयमा लिङ्देनसँग कुनै सल्लाह लिइएको थिएन। त्यसैले राप्रपाले यो समूहलाई अपनत्व लिन नसक्ने बताएको छ।
धवलशम्शेर राणाको भूमिकामाथि प्रश्न
नवराज सुबेदीको नेतृत्वमा बनेको समितिले राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणालाई ‘आन्दोलन परिचालन समितिको संयोजक’ बनाएको छ। तर, राणा पहिले नै राप्रपाले बनाएको आन्दोलन परिचालन समितिका संयोजक हुन्। यसले उनको दोहोरो भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।
करिब तीन महिना अघि राप्रपाले कुनै पनि नेता वा कार्यकर्ताले अर्को पार्टी वा राजनीतिक अभियानमा संलग्न भएमा पार्टी जिम्मेवारीबाट हटाइने निर्णय गरिसकेको थियो। राणामाथि यो निर्णय लागू हुन्छ कि हुँदैन? यो विषयले राप्रपाभित्र प्रश्न चिह्न खडा गरेको छ।
संस्थापन पक्षका एक नेताले भने, “एउटै व्यक्तिले दुई ठाँउमा एउटै जिम्मेवारी बहन गर्न सक्दैन। त्यसैले पार्टी बैठकले राणालाई जिम्मेवारीबाट हटाउने सम्भावना छ।”
लिङ्देनविरुद्ध राणाको तयारी
महामन्त्री राणाले यसअघि संगठन विभाग प्रमुखको जिम्मेवारी गुमाइसकेका छन्। अध्यक्ष लिङ्देनले उनलाई बुद्धिमान तामाङलाई प्रतिस्थापन गर्दै हटाएका थिए।
राणाले अहिले लिङ्देनको मुख्य प्रतिस्पर्धीको रूपमा आफूलाई उभ्याउन खोजिरहेका छन्। उनी आगामी राप्रपा महाधिवेशनमा लिङ्देनलाई खुला चुनौती दिने तयारीमा छन्। पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी उनको समर्थनमा छन्। तर, पार्टीभित्र राणाको पकड कमजोर भएकाले लिङ्देन अहिलेसम्म असुरक्षित देखिएका छैनन्।
नवराज सुबेदीको नेतृत्व अस्वीकार गरेपछि राप्रपाले आफ्नै तरिकाले राजसंस्था पुनर्स्थापनाको आन्दोलन अघि बढाउने सम्भावना देखिएको छ। तर, राजावादी शक्ति विभाजित हुँदा राप्रपा निष्कर्षविहीन काम नलाग्ने पार्टीको रुपमा चित्रण भइरहेको छ। अब राप्रपाले कसरी आन्दोलनलाई अघि बढाउनेछ, धवलशम्शेर राणाको भूमिकाबारे के निर्णय गर्ला ?
नेपालमा राजावादीको विरोधमा प्रमूख लोकतान्त्रिक तथा गणतान्त्रिक दलहरु एक ढिका भएर अघि बढ्ने समिक्षमा छन् । सरकारले २१ औँ शताब्दीमा तानशाही शासनको काम नभएको भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई लोकतान्त्रिक ढङगबाट निर्वाचन लडेर राजनीतिमा प्रवेश गर्न आग्रह गरिरहेका छन् । राजावादीहरुले नै देशलाई विभिन्न दृष्टिकोणबाट विभाजित गर्न खोजेको भन्दै राजावादीहरुलाई बुद्धको देशमा शान्ति र सुशासन कायम गर्ने अभियानका रुपमा अगाडी बढाउन प्रमूख राजनीतिक दलहरुले निर्देशन दिइसकेकाा छन् ।
तर विगतमा निकै मुल्य बोकेको राप्रपा राजतन्त्रको एजेण्डा लिएर देशमा अशान्ति मच्याउने खेलमा लागेपछि राप्रपालाई काम नभएको पार्टीका रुपमा आम नागरिकहरुले र प्रमूख राजनीतिक दलहरुले चित्रण गर्न थालिसकेका छन् । विगतमा राजतन्त्रको विपक्षमा रहेका राप्रपाका नेताहरु अहिले दोहोरो चरित्र देखाउँदै राजतन्त्रको पक्षमा बोल्न थालेपछि राप्रपाको भ्यालू न्युन बन्दै गएको छ ।
रातन्त्रको पक्षमा सडकमा हजारौँ राजवादी शक्तिहरु उतारेको भन्दै राप्रपाले फोक्सो फुल्याउँदै आएको छ । तर सडकमा नागरिकहरुलाई उर्तान राजावादीहरुले पैसाको खोलो बगाएको र युटुव च्यानल चलाइरहेका र केही पैसामा विक्ने मिडिया राजावादीलाई सर्पोट गर्न मैदानमा उत्रेको स्रोतले जनाएको छ । राजावादीको आन्दोलनमा सरिकहुनेहरुलाई पैसाको खोलो बगाएपछि पैसा गोजीमा बोकेर आन्दोलनकारीहरु सडकमा उत्रिएको स्रोतको दाबी छ ।




