मुख्य समाचार

निजामती विधेयक निष्कर्षमा पुर्‍याउन बडूको संयोजकत्वमा उपसमिति गठन,एक महिनाभित्र प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौं । संसद्‌को राज्‍यव्‍यवस्था समितिले निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन गरेको छ । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुको संयोजकत्वमा निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन गरिएको हो ।

.अशोक कुमार राई, इश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डेसहितका सांसदहरू उपसमितिको सदस्‍यमा रहेका छन् ।

उक्त विधेयकको प्रतिवेदन पेश गर्न उपसमितिलाई एक महिनाभित्र समयावधि निर्धारण गरिएको छ । राज्‍य व्‍यवस्था समितिका सभापति रामहरि खतिवडाले सो प्रस्ताप गरेपछि यस्तो निर्णय गरिएको स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *