मुख्य समाचार

सभामुखले सांसदको नाम नै गलत उच्चारण गरेपछि…

काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख देवराज घिमिरेलाई ध्यान दिएर नाम उच्चारण गर्न आग्रह गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सभामुख घिमिरेलाई सो आग्रह गरेका हुन् ।

शून्य समयमा बोल्नका लागि नाम टिपाएका कार्कीलाई बोलाउने क्रममा सभामुख घिमिरेले गलत नाम उच्चारण गर्दै ‘अब माननीय ज्ञानबहादुर कार्की’ भनेका थिए ।

यद्यपि लगत्तै सभामुख घिमिरेले नाम सच्याउँदै ज्ञानेन्द्रबहादुर कार्की भनिसकेका थिए । सभामुखले नाम सच्याएर उच्चारण गरेपनि कार्कीले नाम उच्चारण गर्दा ध्यान दिन सभामुखलाई आग्रह गरिहाले ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *